
News Summary
Generated by OK AI. Editorially reviewed.- भीमसेनगोलास्थित भत्केको पुलमुनि ४९ वर्षीय पुरुषको शव भेटिएको छ ।
- प्रहरीले मृतकको परिचय खुल्न नसकेको र मृत्युको कारण अझै स्पष्ट नभएको जानकारी दिएको छ।
- प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४९ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत फेला परेका ती पुरुषको परिचय खुल्न सकेको छैन ।
व्यक्ति पहिचान नहुँदा प्रहरी अनुसन्धानमा समेत समस्या भएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृत्युका कारण पनि अहिलेसम्म यकिन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4