+
+
Shares

नेपाल प्रहरीको हेडक्वार्टर पुगेर गृहमन्त्रीले लिए विपद् पूर्वतयारीको ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:२२

२० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।

अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगेका हुन् ।

यसअघि हिजोमात्रै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको हेडक्वार्टर पुगेर ब्रिफिङ लिएका थिए ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापासहित अन्य अधिकारीहरूसँग विपद्को तयारीबारे भइरहेको तयारीबारे ब्रिफिङ लिएका हुन् ।

गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौं उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?