
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल, नर्वे र डेनमार्क पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा वीरबहादुर घिसिङ र दिनेश खड्का छन्, जसले विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँ ठगी गरेको आरोप छ ।
- उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
२१ जेठ, काठमाडौं । पोर्चुगल, नर्वे र डेनमार्क पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ घर भएका ५५ वर्षीय वीरबहादुर घिसिङ र बर्दिबास नगरपालिका–६ का ३९ वर्षीय दिनेश खड्का छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु र कोटेश्वरबाट पक्राउ गरेको हो ।
घिसिङले नर्वे र डेनमार्क पठाउने भन्दै २ जनाबाट ५ लाख १० हजार र खड्काले पोर्चुगल पठाउने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4