
News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीआरसी प्रमुख मिर्जाना स्पोलजारिकले गाजाको अवस्था नर्कभन्दा पनि खराब भएको बताएकी छन् ।
- उनीले अन्तर्राष्ट्रिय पहलको अभाव रहेको बताइन् ।
काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले गाजाको अवस्था नर्कभन्दा पनि खराब रहेको बताएको छ ।
जेनेभा मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा आईसीआरसी प्रमुख मिर्जाना स्पोलजारिकले ‘मानवतापूर्ण रूपमा हराएको’ टिप्पणी गरिन् ।
उनले अगाडि भनिन्, ‘यो युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्नका लागि अन्य देशहरूले पर्याप्त पहल गरिरहेका छैनन् ।’
उनले थपिन्, ‘प्यालेस्टिनीहरूको मानवीय मर्यादा वञ्चित गरिएको छ । अन्तर्राष्ट्रिय मानवीय कानुनको अवमूल्यन भइरहेको छ । गाजामा जे भइरहेको छ त्यो कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न सकिँदैन ।’
आईसीआरसी युद्ध ग्रस्त क्षेत्रहरूमा काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो । गाजामा यसका लगभग १३० जना कर्मचारीहरू छन्, जसमध्ये धेरै जसो प्यालेस्टिनीहरू छन् ।
सोमबार गाजामा रहेको राहत केन्द्र नजिकै इजरायली गोलाबारीमा कम्तीमा २७ जना प्यालेस्टिनीको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4