
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा बिहीबार रातो आलुको मूल्य प्रतिकिलो अधिकतम ३९ रुपैयाँ पुगेको छ।
- बजारमा मुडेको आलु ३७ रुपैयाँ र भारतीय रातो आलु ३३ रुपैयाँमा कारोबार भइरहेको छ।
- अघिल्लो महिनाको अन्तिम साता रातो आलुको मूल्य ३२ रुपैयाँ थियो।
२२ जेठ काठमाडौं । बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार आलुको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा आज रातो आलुको प्रतिकिलो थोक मूल्य अधिकतम ३९ रुपैयाँ र औसत ३८ रुपैयाँ कायम छ । हिजो बुधबार रातो आलु प्रतिकिलो अधिकतम ३८ रुपैयाँ र औसत ३६ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै बजारमा मुडेको आलु प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भइरहेको छ । भारतीय रातो आलु प्रतिकिलो ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८१ को चैत अन्तिम साता रातो आलु प्रतिकिलो ३२ रुपैयाँ र भारतीय रातो आलु ३७ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4