
News Summary
Generated by OK AI. Editorially reviewed.- सविन श्रेष्ठले नयाँ फिल्म ‘कश्यप’ मा अनुबन्धित भए, जसको निर्देशन दिनेश जी खड्का गर्नेछन्।
- फिल्म ‘कश्यप’ मा उनलाई ‘एंग्री योङ म्यान’ को रुपमा देखाइनेछ, छायांकन साउन अन्तिमदेखि सुरु हुनेछ।
- फिल्म ‘कश्यप’ एक्सन, थ्रीलर र लभस्टोरी कथामा निर्माण हुँदैछ र चलचित्र विकास बोर्डबाट अनुमति प्राप्त भएको छ।
काठमाडौं । सुपरहिट फिल्म ‘अन्दाज’ डेब्यु अभिनेता सविन श्रेष्ठ फिल्म ‘कश्यप’मा अनुबन्धित भएका छन् । एक्सन हिरोको छवि बनाएका उनलाई अनुबन्धित गरेको खबर निर्माताले ‘क्यारेक्टर लुक्स’बाट दिएका छन् ।
सार्वजनिक लुक्समा उनलाई ‘एंग्री योङ म्यान’को अवतारमा देख्न सकिन्छ । हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा उनी आक्रोशित देखिएका छन् ।
एक्सन, थ्रीलर र लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन् । गतसाता चलचित्र विकास बोर्डबाट फिल्मले निर्माण अनुमति पाएको छ ।
यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4