+
+
Shares

विपक्षी दलहरूको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ।
  • बैठकमा प्रतिनिधिसभामा जारी अवरोध र भिजिट भिसा प्रकरणबार छलफल भइरहेको छ ।

२२ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।

नेताहरूका अनुसार प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यसले प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन ।

प्रतिनिधिसभाको बैठक प्रभावित हुँदा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?