
मिस नेपाल २०२४ को ब्याच ।
News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल २०२५ को आवेदन खुला भएको छ र इच्छुकले ३० जुनसम्म आवेदन दिन सक्नेछन्।
- प्रतियोगीको उचाइ ५ फिट ३ इन्च, उमेर १८ देखि २७ वर्ष, नेपाली नागरिक हुनुपर्नेछ।
- साउन अन्तिममा फिनाले आयोजना र काठमाडौं, पोखरा लगायत सहरमा अडिसन हुनेछ।
काठमाडौं । मिस नेपाल २०२५ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले विहिबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको घोषणा गरेको हो ।
मापदण्ड पुगेका इच्छुकले ३० जुनसम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतियोगी ५ फिट ३ इन्च उचाइको, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएको, नेपाली नागरिक वा नेपाली राहदानीवाहक हुनुपर्ने सर्त छन् ।
‘आजैदेखि आवेदन खुलेको छ र मापदण्ड पुगेका इच्छुक प्रतियोगीले आवेदन दिन सक्नुहुन्छ’ द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने, ‘हामीलाई आवेदन कहिले खुल्छ भनेर प्रशस्तै फोनहरू आइरहेको थियो ।’
साउन अन्तिमतिर फिनाले आयोजना हुनेछ । काठमाडौं, पोखरासहितका मुख्य सहरमा अडिसन समेत आयोजना हुनेछ । द हिडन ट्रेजरले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4