+
+
Shares

बजार घट्दा पनि यो साता मूल्य धेरै बढेका ९ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार यो साता १.९६ प्रतिशत घट्यो ।
  • बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो र विधेयकले प्रभावित गरेको बताइन्छ।
  • विश्वका ठूला बजार उकालो लागेका छन्, अमेरिकाको डाओ जोन्स ०.३० प्रतिशत बढ्यो।

२३ जेठ, काठमाडौं । अघिल्ला दुई साता बढेको सेयर बजार यो साता १.९६ प्रतिशत घटेको छ । यो साता बजारको परिसूचक नेप्से ५३ अंक घटेको हो । गत साता २६९३ अंकमा बन्द भएको बजार यो साता २६४० मा झर्‍यो ।

बजारसँगै कारोबार रकम पनि घट्दै गएको छ । पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण बन्द भएको बजार सोमबार जम्मा १.६० अंक बढ्यो । मंगलबार ३५.७३, बुधबार ११.९७ र बिहीबार ५.९९ अंक घट्यो ।

सोमबार ९ अर्ब २२ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको भयो । बुधबार ५ अर्ब १६ करोडमा खुम्चिएको कारोबार बिहीबार ७ अर्ब ९७ करोडको भयो ।

किन धेरै घट्यो बैंकिङ ?

यो साता बैंकिङ सेक्टरमा सबैभन्दा धेरै गिरावट आएको छ । सो सेक्टर साताभरमा ३.९४ प्रतिशत घट्यो । अघिल्ला दुई यहीं सेक्टर सबैभन्दा धेरै बढेको थियो ।

गत साता १.७९ र अघिल्लो साता ७.२२ प्रतिशत यो सेक्टर बढेको थियो । अघिल्ला साता धेरै बढेकै कारण यो साता यहीं सेक्टरमा नाफा बुक बढी भएको छ । धेरै घटेका ९ कम्पनीमा पछिल्लो समय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकलाई लिएर लगानीकर्ता सशंकित भएका छन् ।

विधेयकमा राखिएको बैंकका ठूला संस्थापक र व्यवसायी छुट्याउने विषयले नै बैंकिङ सेक्टर मात्रै नभई समग्र बजारलाई असर पारेको जानकार बताउँछन् । विधेयक अहिले अर्थ समितिमा छलफलकै क्रममा छ ।

‘बैंकका संस्थापक र व्यवसायी छुट्याउने विषय कसरी सम्बोधन हुन्छ चासोको विषय छ, यहीं कारण कतिपय लगानीकर्ता सशंकित देखिएका छन्’ स्टक ब्रोकर एसोसिएन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने । १ प्रतिशतभन्दा बढी सेयर होल्ड गर्नेले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउने विधेयकमा उल्लेख छ ।

संस्थापक सेयरधनी र साधारण सेयरधनीले पाउने लाभांश उत्ति नै हुन्छ । संस्थापक सेयर धेरै सस्तो हुने अवस्था आएमा त्यसको लाभांश साधारणको भन्दा धेरै हुन जान्छ ।

तर संस्थापक र साधारण सेयर अलग अलग नै कारोबार हुने भएकाले आत्तिनु नपर्ने अर्को थरीको विश्लेषण छ । संस्थापकभन्दा साधारण सेयरको मूल्य बढी हुने गरेको छ ।

आईपीओ/एफपीओ/हकप्रद सेयर खुलेका छन् ?

यतिबेला कुनै पनि कम्पनीको आईपीओ तथा एफपीओ खुलेका छैनन् । वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ जेठ ३० गतेदेखि खुल्ने भएको छ । यसअघि खुलेको सान्भी इनर्जीको आईपीओ आगामी साता बाँडफाँट हुने भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले सन नेपाल लाइफको हकप्रदमा असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै छ्याङ्दी हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको छ । जेठ १ गतेसम्म कायम सेयरधनीले असार १२ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।

विश्वका ठूला बजार उकालोतिरै

यो साता विश्वका ठूला बजार सानो अन्तरमा उकालो लागेका छन् । विगत एक महिनामा यी ठूला बजार उल्लेख्य बढेका छन् । अमेरिकाको डाओ जोन्स इन्डेक्स यो साता ०.३० प्रतिशत बढ्यो ।

साताको अन्तिमतिर यो सूचक केही घटेको छ । त्यस्तै ठूला कम्पनीको एस एण्ड पी ५०० सूचक ०.६० प्रतिशत बढेको छ । त्यस्तै जापानको निक्की सूचक यो साता ०.२४ प्रतिशत बढेको छ ।

चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.७९ प्रतिशत बढ्यो । भारतको बीएसई सेन्सेक्स यो साता १.६३ प्रतिशत घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?