+
+
Shares

‘कमेडी दरबार’मा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोज गजुरेलको स्थानमा प्रदीप भट्टराईलाई ‘कमेडी दरबार’को दोस्रो सिजनको १० औं एपिसोडबाट देखाइनेछ।
  • भट्टराईले पछिल्लो समयको लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टको रुपमा बोलाएकोमा टिमप्रति आभार व्यक्त गरे।
  • शो निर्देशक श्रद्धा प्रसाईले गजुरेलको युरोप टुरको समयमा भट्टराईलाई निमन्त्रणा गरेको र उनले समय दिएकोप्रति आभार व्यक्त गरिन्।

काठमाडौं । टिभी शो ‘कमेडी दरबार’मा महाराजाको भूमिकामा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको प्रवेश भएको छ । गजुरेल एक महिना लामो युरोप टुरमा निस्किएकाले सो अवधिसम्मको लागि भट्टराईको इन्ट्री भएको हो ।

भट्टराईलाई जारी दोस्रो सिजनको १० औं एपिसोडबाट देख्न पाइनेछ । भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टकै रुपमा भएपनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन् ।

शो निर्देशक श्रद्धा प्रसाईले गजुरेलको युरोप टुरको समयमा भट्टराईलाई आफूहरुले निमन्त्रणा गरेको र उनले समय दिएकोप्रति आभार व्यक्त गरिन् । भट्टराई नेपाली फिल्म निर्देशक हुन् भने कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का जज समेत हुन् ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?