
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री दीया पुनले युरोपको माउन्ट एल्ब्रस आरोहण गरेकी छन्।
- उनी ‘सेभेन समिट’ अभियानअन्तर्गत सात महादेशका अग्ला हिमाल आरोहण गर्दैछिन्।
- उनले आफ्नो फिल्म ‘एक्लो’ कान्स फिल्म मार्केटमा प्रस्तुत गरेकी छन्।
काठमाडौं । अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’को सफलतापूर्वक आरोहण गरेकी छन् । उनको आरोही दल एलिट एक्सिपिडिसनका अनुसार मंगलबार बिहान १० बजे उनी ५,६४२ मिटर उचाइको हिमाल चढेकी हुन् ।
अभिनेत्री पुनले पनि सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् । ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा निस्किएकी दीयाले यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल चढेकी छन् ।
उनी यतिबेला ‘सेभेन समिट’ अभियानमा छिन् ।
माउन्ट एल्ब्रसमा उनले नेपालको राष्ट्रिय झण्डासहित तमु समाज र बेलायती गुर्खाको झण्डा पनि लगेकी थिइन् । अब उनी उत्तर अमेरिकाको अग्लो अलाकास्थित डिनाली, अन्टार्कटिकाको अग्लो भिन्सोन मासिफ र इण्डोनेसियास्थित पञ्जय जयको आरोहण गर्ने उनको तयारीमा छिन् ।
हिमाल चढ्नु महंगो भएको र आफू जागिरे र फिल्ममा समेत व्यस्त हुनुपर्ने भएकाले यी हिमाल चढ्न केही समय लाग्ने उनको भनाइ छ । पेशाले उनी नर्ससमेत हुन् ।
उनको फिल्म ‘एक्लो’ कान्स फिल्म मार्केटमा पुगेका थिए । यो फिल्ममा उनले पुन नामक अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् । गतवर्ष उनको शीर्ष भूमिका रहेको फिल्म ‘दयारानी’ सुपरहिट बनेको थियो ।
प्रतिक्रिया 4