
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कुवेतमा ४८ हजार नेपाली महिला घरेलु कामदारका रूपमा रहेको बताएकी छन्।
- खाडी मुलुकमा महिला कामदारको अवैध प्रवेश रोक्ने प्रयास भए पनि अझै जारी रहेको उनले बताइन् ।
- उनीहरूले भने, लिगल रूपमा जाने महिलाहरू सुरक्षित हुन्छन्, भने इलिगल रूपमा जाने समस्या र गाह्रो छ।
३० जेठ, काठमाडौं । नेपालबाट घरेलु कामदारको रुपमा महिला खाडी मुलुक जाने क्रम नरोकिएको पाइएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार कुवेतमा मात्रै ४८ हजार नेपाली महिला कामदार रहेका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार जापान भ्रमणका क्रममा खाडी मुलुकको राजदूतहरूसँग उनले भर्चुअल छलफल गरेकी थिइन् । त्यसबेला खाडी मुलुकका राजदूतहरूले पनि इलिगल रूपमा महिला कामदार खाडी मुलुक जानेक्रम नरोकिँदा समस्या रहेको बताएका थिए ।
‘महिला घरेलु कामदार नपठाउने भनेर रोक लगाएको तर, इलिगल रूपमा त्यहाँ पुग्नुभएको छ,’ उनले भनिन् । इलिगल जानेहरू समस्यामा रहेको उनले बताइन् ।
‘कुवेलमा मात्रै ४८ हजार नेपाली महिला घरेलु कामदार छ्न् । उहाँहरूलाई लिगल दायरामा नल्याउँदा झनै गाह्रो छ,’ उनी थप्छिन्, ‘पहिला लिगल भएर जानुभएको सुरक्षित हुनुहुन्छ । अहिले इलिगल जाँदा एकदमै गाह्रो छ ।’
प्रतिक्रिया 4