+
+
Shares

नेपाल आउजाउ गर्ने यात्रुले कुन–कुन सामान ल्याउन र लैजान पाउँछन् ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १४:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन अनुमति दिएको छ।
  • विदेशबाट फर्केका नेपाली नागरिकले व्यक्तिगत प्रयोगका सामान र औषधिमा महसुल नलाग्ने व्यवस्था गरिएको छ।
  • सुन र गहना ल्याउने प्रावधान अनुसार, पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुन बिना महसुल ल्याउन सक्नेछन्।

३० जेठ, काठमाडौं । सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा लिई नेपाल आउने बाटो खुला गरेको छ ।

राजपत्रका सूचना प्रकाशित गर्दै सरकारले हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकार पत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउने गरी व्यवस्था गरेको हो ।

यसअघि भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउथे । अन्य मुलुकका पर्यटकको हकमा भने यसअघि पनि ५ हजार डलरको सुविधा उपलब्ध थियो । सो भन्दा बढी ल्याउनु परेमा भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने समेत सूचनामा उल्लेख छ ।

विदेशबाट फर्केका नेपाली यात्रुको हकमा भने यसअघि र नयाँ प्रावधानमा परिवर्तन भएको छैन ।

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको प्रयोग गरेको लुगाफाटो, घर गृहस्थीका पुराना सामान र औषधिमा महसुल लाग्दैन ।

आफूले प्रयोग गरेका ट्याबलेट, ल्यापटप वा डेस्कटप, घडी, क्यामरा, भिडियो क्यामरा र फोन एक एक थान समेत महसुल नतिरि ल्याउन सकिने प्रावधान राखिएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा एक थान नयाँ मोबाइल ल्याउन पाउँछन् ।

१२ महिना लगातार वैदेशिक रोजगारी गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत नेपाली नागरिकले ल्याएको जुनसुकै आकारको टेलिभिजन एक थान समेत महसुल नतिरी ल्याउन सकिन्छ । कोषमा सूचीकृत नभएका कामदारले भने ३२ इन्चसम्मको मात्र टेलिभिजन ल्याउन पाउँछन् ।

सुनको हकमा के छ प्रावधान ?

सूचनामा सुनको हकमा भन्सार महसुल ऐन २०८१ को अनुसूची ४ को प्रकरण एक बमोजिम तोकिएको मात्रामा सुन र सुनका गहना ल्याउने उल्लेख गरेको छ । सो ऐन अनुसार पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ । सुनको गहनाको हकमा पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्दैन । सो भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनसुार महसुल लाग्छ ।

दोस्रो सीमा भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनसुार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्ने समेत ऐनमा उल्लेख छ ।

तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता वस्तुलाई भने गहनाको मान्यता नदिइने ऐनको प्रावधान छ । तोकिएको मात्रा भन्दा बढी सुन वा गहना ल्याएमा भने जफत हुने ऐनको प्रावधान छ ।

विदेशी यात्रुले साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चााँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार कार्यालयमा घोषणा गरेमा त्यस्तो गहनाको मूल्यको २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने छ । त्यसरी ल्याएको गहना यात्रु फर्कँदा भन्सार कार्यालयमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ । त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गणुस्तर तथा परिमाण भएमा भन्सार सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने प्रावधान छ ।

भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रलुे आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्छन् ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?