+
+
Shares

सिंहदरबारमा गएको कुरालाई लिएर विशाल भण्डारी किन चर्चामा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको सिंहदरबार पुगेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको थियो।
  • निर्देशक विशाल भण्डारीले व्यक्तिगत भेटघाटको लागि सिंहदरबार गएको बताए र सामाजिक संजालमा टिप्पणी गरे।
  • शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो एपिसोडमा राजनीतिक मुद्दा र नेताहरूको कटाक्ष गरिएको थियो।

काठमाडौं । टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारी अहिले चर्चामा छन् । हालै प्रसारित एपिसोडलाई लिएर प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै सामाजिक संजालमा खबर ब्यापक फैलियो ।

हुन पनि उनी सिंहदरबार गएकै हुन् । शोकी निर्मात्री सगुन पाण्डेले सामाजिक संजालमा सिंहदरबार पुगेको भिडियो हालेकै थिइन् । तर, यो भिडियोलाई लिएर केही मिडियादेखि सामाजिक संजाल पृष्ठले प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै समाचार लेखे ।

उनी सिंहदरबार गएका हुन् तर समाचारमा प्रधानमन्त्री कार्यालयले बोलाएको भनेर न्यूज आएपछि भण्डारी हैरानीमा छन् । धेरैले उनलाई सामाजिक संजालमा टिप्पणी गरिरहेका छन् । यो कुराले यति चर्चा पायो कि उनले सामाजिक संजालमा प्रष्टीकरण नै दिनुपर्‍यो ।

‘बाघ कराउनु र बाख्रा हराउनु’ उनले लेखेका छन्, ‘म आज हैन, हिजो सिंहदरवार गएको हो । त्यो पनि एक जना मित्रसँगको नितान्त व्यक्तिगत भेटघाटको लागी । मलाई आधिकारिक भेटघाटको लागि बोलाइएकै हैन ।’

‘कमेडी नाइट विथ च्याम्पियन्स’लाई पछिल्लो समय निकै रुचाइएको छ । यो शो लयमा फर्किएको चर्चा छ । पछिल्लो एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसद पाहुना बनेर पुगेका थिए ।

उक्त एपिसोडमा समसामयिक राजनीतिक मुद्दा, प्रधानमन्त्रीदेखि दलका नेतारूलाई पनि कटाक्ष गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो एपिसोडमा ‘ह्याप्पी ओली’ भन्दै कलाकारले प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?