+
+
Shares

सुमनाको प्रश्न– विधेयक संसदले बनाउने कि संघ संगठनले ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सुमना श्रेष्ठले ऐन, कानून बनाउने अधिकार संसदलाई हो कि संघसंगठनलाई भन्ने प्रश्न उठाइन्।
  • उनले भने, ‘यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ?’ र विधेयक बनाउने प्रक्रिया स्पष्ट हुन आवश्यक रहेको बताइन्।
  • सांसद श्रेष्ठले राजनीतिक दोहोरो चरित्र र बजेटको व्यावहारिकता प्रति आपत्ति जनाइन्।

३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गरेकी छिन् ।

शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

नेताहरू राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको सांसद श्रेष्ष्ठको भनाइ थियो ।

‘अंग्रेजी उखान अनुसार ‘कुकुरले पुच्छर हल्लाउने कि ? पुच्छरले कुकुर हल्लाउने ?’ भन्ने मेरो प्रश्न छ । हामीले विधेयक बनाउने कि संघ संगठनले बनाउने ? यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ?,’ उनले प्रश्न गरेकी छिन् ।

निजी र सामुदायिकका बीचमा जुन काम हुनुपर्ने हो त्यो पनि नभएको उनको भनाइ थियो । हरेक सांसदलाई तीन तीन करोड बाँड्ने आयोजना रोक्नुपर्ने उनले बताइन् ।

‘राजनीतिक दोहोरो चरित्र भयो । बजेटमा शिक्षाको बजेट २ खर्ब ११ अर्ब छ सुन्दा सबैभन्दा ठूलो छ,’ उनले भनिन्, ‘यसपाली महंगी भत्ता बढाउने भनिएको थियो पोहोरभन्दा ३ हजार बढाइयो पनि । तर, त्यसमा शिक्षकलाई कसरी समायोजन गरिन्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख अझै हुन सकेको देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?