+
+
Shares

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते

घाइतेमध्ये दुईको अवस्था गम्भीर

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १६:५१
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२३ जेठ, काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।

बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?