+
+
Shares

गण्डकीमा आगामी वर्षमात्रै १५ हजार घरमा खानेपानी पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १८:०८

१ असार, पोखरा ।  गण्डकी प्रदेश सरकारले अधुरा खानेपानी आयोजना सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखेको छ ।

एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत स्रोत सुनिश्चित गरिएका क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणका लागि गण्डकी प्रदेश सरकारको आगामी बजेटले प्राथमिकतामा राखेको हो ।

क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरण आयोजना सम्पन्न गर्नमात्रै आगामी बजेटमा ६० करोड ६१ लख रुपैयाँ बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा मात्रै २ सयभन्दा बढी खानेपानी आयोजना सम्पन्न गरी १५ हजार घरमा निजी धारा जडान कार्य सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ ।

खानेपानी क्षेत्रका लागि १ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरिएको आर्थमन्त्री डा. टकराज गुरुङले बजेटमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?