+
+
Shares

जनता बेचिँदा सांसदको मौनता लज्जास्पद : सोबिता गौतम

आइतबार संसद्को दृश्यबारे सामाजिक सञ्जालमा लेख्दै उनले भिजिट भिसा प्रकरणको प्रसंग उठाउँदै राज्यकै संरक्षणमा जनता बेचिनु लज्जास्पद भएको बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले जनता बेचिँदा सांसदको मौनता लज्जास्पद भएको बताइन्।
  • उनीहरूले भिजिट भिसा प्रकरण र संसदको कार्यशैलीप्रति आपत्ति जनाइन्।
  • उनीहरूले गृहमन्त्रीको राजीनामा र स्वतन्त्र छानबिन समिति गठनको माग गरिन्।

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जनता बेचिँदा सांसदको मौनता लज्जास्पद रहेको बताएकी छिन् ।

आइतबार संसद्को दृश्यबारे सामाजिक सञ्जालमा लेख्दै उनले भिजिट भिसा प्रकरणको प्रसंग उठाउँदै राज्यकै संरक्षणमा जनता बेचिनु लज्जास्पद भएको बताएकी हुन् ।

‘यदि राज्यको संरक्षणमै जनता बेचिन्छन् भने जनप्रतिनिधिको मौनता लज्जास्पद मात्र होइन, दायित्वबोधबाट उम्किएको स्पष्ट प्रमाण हो,’ सांसद गौतमले भनिन् ।

उनले संसद् जनताको पक्षमा चल्न नसकेको पनि बताएकी छिन् ।‘प्रतिरोध चलिरहँदा पनि संसद चल्यो, तर त्यो संसद जनताको पक्षमा चलेन,’ सांसद गौतमले भनेकी छिन् ।
संसद जनताको न्याय र पक्षमा चल्नुपर्ने बताइन् ।

‘यदि यस्तो गम्भीर विषयमा सबै दल मिलेर फासफुसे समिति बनाएर उम्किन खोज्छन् भने रास्वपा प्रतिरोधमा उभिन्छ,’ सांसद गौतमले भनेकी छिन्, ‘गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको स्पष्ट संरचना सुनिश्चित नभएसम्म हाम्रो प्रतिरोध यथावत रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?