 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सरकारले असार १ गते ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ।
- बजेट मध्यराति प्रदेशसभामा प्रस्तुत गरियो र दलहरूबीच सहमति नभएपछि केही मिनेटअघि सार्वजनिक गरियो।
- बजेटमा ५ प्रतिशतले वृद्धि भएको र पुँजीगत र चालु खर्चको विनियोजन गरिएको छ।
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ ।
यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो ।
पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र
चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो ।
असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर कर्णालीले बजेट ल्याएको हो ।
दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन ।
प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4