+
+
Shares

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते ७:०५

२ असार, काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी ओम प्रसाद थपलियालाई ४३ मतले पछि पार्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाए ।

यसैगरी महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई १५३ मत अन्तरले हराइन् । खरेलले ३०५ मत पाएर निर्वाचित हुँदा बस्नेतको पक्षमा १५२ मत परेको छ ।

खुला उपाध्यक्ष पदमा भिसेन बन्जारा निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव पदमा भुवन प्रसाद निरौला निर्वाचित भएका छन् । उनले १६३ मत पाए । महासचिव पदमा निरौलाका निकटतम प्रतिस्पर्धी शिव अर्यालले ११६ मत पाए । अन्य प्रतिस्पर्धीहरुमा देवीप्रसाद भट्टराईले ८३ र शान्तिराम खतिवडाले २७ मत पाए ।

उपमहासचिव पदमा बाबुराम राई २१७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सहकुल खत्रीले ११८ मत पाए । अर्का प्रत्यासी अनन्तराज लुइँटेलले ११२ मत पाए ।

सचिव पदमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भए । गौतम १३९ मत पाएर सचिव चुनिएका हुन् । अधिकारी र हरिप्रसाद मैनालीको बराबर १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी सचिव चुनिए ।

कोषाध्यक्ष पदमा कुमार प्रसाद घिमिरे २९२ मतसहित निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?