
News Summary
Generated by OK AI. Editorially reviewed.- शौचालयको सफाइ र प्राकृतिक उपायहरूले दुर्गन्ध कम गर्न सकिन्छ।
- हावाको राम्रो आवागमन र नियमित सफाइले शौचालयको वातावरण स्वच्छ र ताजा राख्न मद्दत गर्छ ।
भान्छा, कोठाभन्दा बढी सफा र सुगन्धित हुनुपर्छ शौचालय । सुन्दा अचम्म लाग्न सक्छ, तर शौचालयको सफाइ र सुगन्धले हाम्रो स्वास्थ्य, मनोदशा र घरको समग्र वातावरणमा ठूलो प्रभाव पार्छ ।
अहिले त शौचालय केवल व्यक्तिगत सरसफाइको ठाउँ मात्र होइन, कतिपयका लागि पत्रिका पढ्ने, मोबाइल स्क्रोल गर्ने वा एकछिन शान्तिको अनुभव गर्ने निजी कोठा बनेको छ।
यस्तोमा कुनै पनि हालतमा आफ्नो समयको एक हिस्सा बिताउने शौचालय कसरी दुर्गन्धित र फोहोर बनाउने कुरै भएन ।
दुर्गन्ध हुने कारण
शौचालयमा दुर्गन्ध आउनुका विभिन्न कारणहरू हुन सक्छन् । जस्तैः अनुचित सरसफाइ, फोहोर जम्मा हुनु, पाइपमा अवरोध, नुहाउने ठाउँमा पानी जम्नु, वा हावाको राम्रो आवागमन नहुनु ।
यी समस्यालाई समाधान गर्न नियमित सफाइ र केही प्राकृतिक उपायहरू अपनाउन सकिन्छ ।
कसरी बनाउने सुगन्धित ?
सुगन्धित हुनका लागि पहिला नियमित सरसफाइ हुन आवश्यक छ । सरसफाइमा शौचालय सफा गर्ने ब्रश, दाग पुछ्न कपडा, पन्जा र ट्वाइलेट क्लिनरको आवश्यक पर्छ ।
सफा र चमकदार बनााउन हार्पिक, डोमेक्स वा अन्य ब्रान्डका रासायनिक वस्तुहरू उपलब्ध छन् ।
यी सामान छैन भने प्राकृतिक सफाइका लागि बेकिङ सोडा र भिनेगरको मिश्रणले सफा गर्न सकिन्छ । फिनाइल, डिटर्जेन्ट वा साबुनले टाइल्स र सिङ्क सफा गर्न सकिन्छ ।
कसरी गर्ने ?
हरेक हप्ता शौचालयको प्यान, कमोड वा त्यसवरपरको टाइल सिंकमा क्लिनर राखेर केही मिनेट छोड्नुहोस् । त्यसपछि ब्रशले राम्रोसँग सफा गर्नुहोस ।
टाइल्स र सिङ्कमा डिटर्जेन्ट वा साबुन प्रयोग गरेर स्क्रब गर्न सकिन्छ । बेकिङ सोडा र भिनेगरको मिश्रणले जिद्दी दागहरू हटाउन सकिन्छ । नियमित सफाइले फोहोर जम्मा हुन दिँदैन र दुर्गन्ध कम हुन्छ ।
मनमोहक सुगन्ध बढाउने तरिका
प्राकृतिक सामग्रीहरू प्रयोग गरेर शौचालयलाई सधैं सुगन्धित राख्न सकिन्छ ।
कपूर
प्राकृतिकरुपमा सुगन्ध ल्याउनका लागि शौचालयमा कपूर राख्न सकिन्छ । यसबाट निस्कने बास्नाले शौचालयको दुर्गन्ध हटाउँछ । कपूरलाई सानो भाँडोमा राखेर शौचालयको कुनामा राख्नुहोस् । यसले हप्तौंसम्म सुगन्ध दिन्छ ।
लेमनग्रास र सुन्तलाको बोक्रा
लेमन ग्रासको पनि बास्ना मिठो हुँन्छ । यसको केही पात टुक्रा पारेर पानीमा मिसाइ स्प्रे बोतलमा राख्नुपर्छ । हरेक दिन शौचालयमा स्प्रे गर्न सकिन्छ ।कागती वा सुन्तलाको बोक्रालाई सानो झोलामा राखेर शौचालयमा झुण्ड्याउनुहोस् । यसले प्राकृतिक सुगन्ध दिन्छ ।
एयर फ्रेशनरको प्रयोग
बजारमा उपलब्ध एयर फ्रेशनरहरू शौचालयलाई तुरुन्तै सुगन्धित बनाउन प्रभावकारी हुन्छन् ।
ओडोनिल
ओडोनिल नेपालमा सबैभन्दा लोकप्रिय शौचालय एयर फ्रेशनर ब्रान्ड हो। यसका ब्लक, स्प्रे र जेल फर्म्याटमा विभिन्न सुगन्धहरू (जस्तैः चमेली, ल्याभेन्डर, साइट्रस) उपलब्ध छन्।
ओडोनिल ब्लकले ४५ दिनसम्म सुगन्ध प्रदान गरी दुर्गन्ध हटाउन काम गर्छ। यो अनलाइन सपिङ र स्थानीय पसलहरूमा सहजै पाइन्छ ।
गोडरेज एयर
गोडरेज एयर आधुनिक र प्रिमियम सुगन्ध प्रदान गर्ने फ्रेशनर हो । यसको स्वचालित स्प्रे र जेल–आधारित उत्पादनहरू नेपालमा उपलब्ध छन् ।
पेटल क्रश पिङ्क, भायोलेट ब्लूम जस्ता सुगन्धहरूले ताजगी दिन्छ । यो विशेष गरी शौचालय र बाथरुममा लामो समयसम्म सुगन्ध कायम राख्न उपयुक्त छ । अनलाइन प्ल्याटफर्महरू जस्तै दाराज र हिमालमार्टमा सजिलै किन्न सकिन्छ ।
एयर विक
एयर विक अन्तर्राष्ट्रिय ब्रान्ड हो, जुन नेपालमा पनि लोकप्रिय छ । यो स्प्रे र रिफिल प्याकमा आउँछ । यसमा भेनिला, ल्याभेन्डर र समर डिलाइट्स जस्ता सुगन्ध पाइन्छ । यो शौचालयलाई तुरुन्तै ताजा बनाउन र दुर्गन्ध हटाउन प्रभावकारी छ ।
दाराज र अन्य अनलाइन स्टोरहरूमा यो उत्पादन सजिलै पाइन्छ ।
हार्पिक फ्रेशनर ट्याबलेट
शौचालयको नियमित सफाइ र सुगन्धका लागि उपयुक्त छ, हार्पिक फ्रेशनर ट्याबलेट । हार्पिकले कमोडको ट्याङ्कीमा प्रयोग हुने सुगन्धित चक्की हो । यसले प्रत्येक फ्लसमा सुगन्ध छोडेर शौचालयलाई ताजा राख्छ ।
यो साइट्रस र मरिन सुगन्धमा उपलब्ध छ, जसले सफाइ र सुगन्ध दुवै दिन्छ । सस्तो र प्रयोग गर्न सजिलो यो नेपालका पसलहरूमा व्यापक रूपमा पाइन्छ ।
एम्बी पुर
एम्बी पुरले शौचालय र कोठामा प्रयोग हुने प्रिमियम फ्रेशनर प्रदान गर्छ । यसको स्प्रे र जेल फ्रेशनरहरूले लामो समयसम्म सुगन्ध कायम राख्छ । स्यान्डलवुड र ल्याभेन्डर जस्ता सुगन्धयुक्त एम्बीपुर नेपालमा दाराज र मार्ट जस्ता अनलाइन स्टोरहरूमा उपलब्ध छ । शौचालयमा ताजगी र सुगन्धका लागि यो उत्कृष्ट विकल्प हो ।
यी फेसनरको मूल्य सामान्यतया १०० रुपैँया देखि ५०० सम्म हुन्छ । कति पर्छ भन्ने उत्पादनको प्रकार र ब्रान्डमा निर्भर गर्छ । यी फ्रेशनरहरूले शौचालयलाई सुगन्धित मात्र नभई स्वच्छ र ताजा राख्न पनि मद्दत गर्छन् ।
हावाको राम्रो आवागमन
शौचालयमा हावाको राम्रो आवागमनले पनि दुर्गन्ध कम गर्न मद्दत गर्छ । त्यसका लागि हावालाई बाहिर निकाल्न एग्जस्ट फ्यान र प्राकृतिक हावाको लागि झ्याल वा भेन्टिलेसन हुनु अनिवार्य छ ।
यदि सम्भव छ भने शौचालयमा सानो सुगन्धित बिरुवा (जस्तैः मनी प्लान्ट) राख्न सकिन्छ । यो प्राकृतिक रूपमा वातावरणलाई ताजा बनाउँछ ।
प्रतिक्रिया 4