२ असार, गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।
प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।
तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने कार्य सुरु गर्न नसकिएको डिएसपी सारुको भनाइ छ । प्रहरीका अनुसार पहिरो झर्न रोकिएपछि मात्रै सडक खुलाउने कार्य अघि बढाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4