+
+
Shares

अमेरिकी डलर घट्यो, युरोको भाउ बढ्यो (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते ६:४२

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज पनि केही मुद्राहरूको विनिमय दरमा घटबढ भएको छ ।

आज अमेरिकी डलर थोरै घटेको छ । युरो थोरै बढेको छ भने अष्ट्रेलियन डलरमा पनि केही फेरबदल भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।  सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा रहेको थियो ।

आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबार  युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा रहेको  थियो ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा छ । सोमबार एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा थियो ।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ४२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?