
गुगलले आफ्नो स्मार्टवाच प्लाटफर्ममा पनि अब भूकम्पको पूर्व चेतावनी अर्थात् अलट सुविधा उपलब्ध गराउने तयारी गरिरहेको छ।
यसका लागि कम्पनीले आफ्नो Wear OS अपरेटिङ सिस्टममा नयाँ Early Earthquake Alerts फिचर थप्ने योजना बनाएको छ । पछिल्लो रिपोर्ट अनुसार, यो सुविधा गुगल प्लेको जून २०२५ संस्करण (ख२५.२१) मार्फत लन्च हुँदैछ । यो निर्णयले वेयर अपरेटिङ सिस्टमलाई स्वास्थ्य र स्टाइलको उपकरणमात्र नभई सार्वजनिक सुरक्षा प्रविधिको एउटा महत्वपूर्ण हिस्साको रुपमा स्थापित गराउने अपेक्षा गुगलको छ ।
के हो नयाँ भूकम्प अलर्ट फिचर?
Wear OS मा समावेश हुन लागेको Earthquake Alert System वास्तवमा गुगलले यसअघि नै एन्ड्रोइड फोनमा सुरु गरिसकेको फिचरको विस्तारित रूप हो। यो प्रणालीले भूकम्प आउनुभन्दा केही सेकेण्ड अघि नै प्रयोगकर्तालाई सूचित गर्न सक्षम हुने दाबी गरिएको छ।
प्रमुख विशेषताहरूः
- स्मार्टवाचमा भूकम्पीय अलर्ट : यो फिचरमार्फत् स्मार्टवाचले भूकम्पको कम्पन महसुस भएपछिे प्रत्यक्ष सूचना दिनेछ।
- म्याग्निच्युड र एपिसेन्टरको दूरी जानकारीः प्रयोगकर्ताले भूकम्पको केन्द्रविन्दु भन्दा आफू कति टाढा छौं भन्ने देख्न सक्नेछन्।
- दोहोरो चेतावनी प्रणाली :
-Be Aware Alert – सानो कम्पन हुँदा साइलेन्ट मोडमा पनि नोटिफिकेसन दिने ।
– Take Action Alert-गम्भीर खतरा हुँदा लाउड अलार्म र सुरक्षा सुझावसहित सक्रिय बनाउने ।
भूकम्प अलर्ट फिचरले कसरी काम गर्छ ?
गुगलको भूकम्प सूचना प्रणालीले पारम्परिक सिस्मोमिटरको प्रयोग गर्दैन। यसको सट्टा, एन्ड्रोइड फोन तथा Wear OS स्मार्ट घडीका चाल सेन्सर अर्थात् एक्सेलेरोमिटर प्रयोग गरेर काम गर्छ।
जब कुनै एक क्षेत्रमा रहेका धेरै यन्त्रहरूले एउटै किसिमको कम्पन महसुस गर्छन्, तब ती सबैबाट आएको डेटा गुगलको सर्भरमा पठाइन्छ ।
सर्भरले ती कम्पनहरु भूकम्पसँग मेल खान्छ कि छैन विश्लेषण गर्छ र यदि मेल खायो भने, त्यस क्षेत्रका सबै प्रयोगकर्तालाई तत्काल अलर्ट पठाइन्छ।
विश्वका लागि नयाँ स्तरको सुरक्षा
गुगलले प्रारम्भमा यो सेवा उच्च भूकम्प जोखिम भएका क्षेत्रहरू (जस्तैः जापान, टर्की, अमेरिका तथा चिली आदि) मा लागू गरेको थियो। अब यो सुविधा स्मार्ट वाचमा पनि लञ्च भएसँगै संसारभरका स्मार्टवाच प्रयोगकर्ताले समेत सजिलै भूकम्पीय पूर्वसूचना पाउनेछन्।
स्मार्टवाच प्रयोगकर्ताका लागि यो सुविधा त्यस्तो विपदको बेला विशेष उपयोगी हुने छ जतिबेला प्रयोगकर्ताले आफ्नो मोबाइल फोन घरमै छाडेका हुन्छन् वा अन्य गतिविधिमा व्यस्त हुन्छन्।
विज्ञका अुनसार यो नयाँ फिचरले स्मार्टवाचलाई स्मार्ट ग्याजेटको परिभाषाबाट निकालेर सुरक्षा उपकरणको रुपमा पुनःपरिभाषित गर्नेछ। यस्तो प्रविधिले भविष्यमा केवल स्वास्थ्य वा जीवनशैली सुधार मात्र होइन, आपतकालीन सूचना प्रणालीमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
भूकम्पीय अलर्ट कसरी प्राप्त गर्ने ?
स्मार्टफोन प्रयोगकर्ताका लागि : Settings → Safety & Emergency → Earthquake जाँच गर्ने ।
Wear OS स्मार्टवाच प्रयोगकर्ताका लागिः स्मार्टवाच अपडेटमा राख्ने र फिचर उपलब्ध भएपछि Enable गर्ने ।
प्रतिक्रिया 4