+
+
Shares

‘जारी २’को छायांकन सकियो, यस्तो छ ‘क्यारेक्टर लुक्स’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘जारी : सङ अफ च्याब्रुङ’को छायांकन पाँचथरमा ३६ दिनमा सकिएको छ।
  • निर्माताले आगामी दशैंमा प्रदर्शन हुने र दुई मुख्य कलाकारको लुक्स सार्वजनिक गरेका छन्।
  • अघिल्लो श्रृंखलाले घरेलु बक्सअफिसमा १७ करोडभन्दा बढी व्यापार गरेको थियो।

काठमाडौं । ‘जारी : सङ अफ च्याब्रुङ’को छायांकन सकिएको छ । पूर्वी नेपालको पाँचथरमा ३६ औं दिनमा छायांकन टुंगिएको हो ।

यो फिल्म २०८० सालको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । निर्माताले आगामी दशैंमा प्रदर्शन हुने जनाएका छन् । यद्यपि, यकिन मिति भने अहिलेसम्म उल्लेख छैन ।

छायांकन सकिएसँगै निर्माताले दुईजना शीर्ष कलाकारको लुक्स सार्वजनिक गरेका छन् । दयाहाङ राई र मिरुना मगरको लुक्स देख्न सकिन्छ । मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ ।

‘जारी’को अघिल्लो श्रृंखलाले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै ब्यापार गरेको थियो । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको निर्माता रामबाबु गुरुङ हुन् ।

फिल्ममा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?