+
+
Shares

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

नगर प्रहरीले मेनगेटमै लगाए ताला

नगरप्रमुख दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । महतोलाई नगर प्रहरीले मेनगेटमै रोकेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको गौशाला नगरपालिकामा उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ ।
  • नगरप्रमुख दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुखलाई गेटमै रोकिएको हो ।
  • उपप्रमुख महतोले आफूलाई गुण्डागर्दी शैलीमा रोक लगाइएको आरोप लगाइन्।

३ असार, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ ।

नगरप्रमुख डा. दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् ।

गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ ।

उपप्रमुख महतोले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । उनले आफू पनि जनताबाट निर्वाचित भएर आएको तर गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?