
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदहरूले नाराबाजी गरे।
- चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा सरकारको मौनता र उच्चस्तरीय छानबिन माग गरे।
- सभामुखले बैठक आधा घण्टा पछि स्थगित गरे।
३ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् ।
बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।
०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए ।
उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4