+
+
Shares

ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलाको महाकाली नगरपालिका– ६ मा प्रहरी जवान दीपेन्द्र पालको ढुङ्गा लागेर मृत्यु भयो।
  • उहाँले खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भए।
  • उहाँको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भयो।

३ असार, खलंगा। दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थियो ।

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?