+
+
Shares

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका गएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख इन्दिरा राना मगरले चार दिने भ्रमणका लागि ४ असारमा दक्षिण अफ्रिका प्रस्थान गरेकी छन्।
  • उनी प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन गएकी हुन्।
  • उनी ८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।

४ असार, काठमाडौं । उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । चार दिने भ्रमणका लागि उनी बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका गएकी हुन् ।

उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स(आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’. विषयक उच्चस्तरीय संवादमा भाग लिने जानकारी दिइएको छ ।

राना आउँदो ८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?