+
+
Shares

धोएको मुला जस्तो पार्टी भेटिँदैन, विधान महाधिवेशनअघि नेतृत्वको विषयमा विभाजित नहोऔं : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १२:४४

४ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् ।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने र विभाजित हुने काम नगर्न आग्रह गरे । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

विधान महाधिवेशनले तय गर्ने नीतिका आधारमा नेतृत्वबारे निर्णय हुने भएकाले हतार नगर्न पौडेलले आग्रह गरेका हुन् । उपप्रधानमन्त्री पौडेलले एमालेभित्र तुलनात्मक कम समस्या रहेको बताए ।

‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो, गंगा जस्तो पार्टी भेटिँदैन’, उनले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छ, तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?