+
+
Shares

जीबबको जबर्जस्त ‘कमब्याक’, हेर्नूस युट्युब ट्रेन्डिङका शीर्ष १० गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो साता युट्युब नेपाल ट्रेन्डिङमा विदेशी र नेपाली कलाकारहरूको गीतहरू शीर्ष स्थानमा छन्।
  • एड सिरनको ‘सफायर’ गीत दोस्रो स्थानमा रहेको छ र यसले विश्वव्यापी ट्रेन्डिङमा राम्रो प्रदर्शन गरेको छ।
  • अर्को स्थानमा नेपाली र्‍यापर जीबबको ‘परिचय : द इन्ट्रो’ गीत छ, जुन १३ लाखभन्दा बढी पटक हेरिएको छ।

काठमाडौं । पछिल्लो साता युट्युबको नेपाल ट्रेन्डिङ (म्युजिक खण्डतर्फ) रोचक देखिएको छ । शीर्षस्थानमा एड सिरनको विश्वचर्चित गीत ‘सफायर’ छ । यो गीत ग्लोबल ट्रेन्डिङ दोस्रो स्थानमा छ ।

धेरैपछि कुनै विदेशी कलाकारको, त्यो पनि अंग्रेजी भाषाको, ट्रेन्डिङमा छ । यसो हुनुमा एड सिरनसहित शाहरुख खान र अरिजित सिंहको क्रेज पनि कारण हुनसक्छ । यी दुईजनाको केमियो यसमा छ ।

दोस्रो स्थानमा नेपाली र्‍यापर जीबबको गीत ‘परिचय : द इन्ट्रो’ छ । ११ दिनअघि रिलिज भएको यो गीतलाई १३ लाखभन्दा धेरै पटक हेरिएको छ । जी-बबको यो जबर्जस्त पुनरागमन हो ।

ट्रेन्डिङको तेस्रो स्थानमा जेम्सीको र्‍याप गीत ‘वागवान रिमिक्स’ छ । यो गीतमा र्‍यापस्टर बेबीले र्‍यान गायन दिएकी छन् । लिरिक्स र कम्पोजको लय यो गीतको आकर्षक पक्ष हो ।

सुशान्त केसीको ‘पाहुना’ चौंथो स्थानमा छ । ‘पाहुना असन्तुलित प्रेमको बारेमा एउटा गीत हो । यसले तपाईंले बस्ने आशा गरेको संसारमा अस्थायी हुनुको शान्त हृदयविदारकतालाई प्रतिबिम्बित गर्दछ’ सुशान्तले गीतबारे भनेका छन् ।

देवी घर्तीको लोकदोहोरी गीत ‘गुड्दै जाने रेलले’ ट्रेन्डिङको पाँचौ स्थानमा छ । दोहोरी भाकामा बुनिएको यो गीत लोकदोहोरी रुचाउनेलाई मनपर्नसक्छ । धेरैपछि गायिका घर्ती ट्रेन्डिङमा आएकी छन् ।

योङ लामा र भिटेनको नयाँ गीत ‘डोल्ला बिल्स’ ट्रेन्डिङको छैटौं स्थानमा छ । डोल्ला बिल्सको यो दोस्रो संस्करणको म्युजिक भिडियो बताइएको छ । यो गीतको म्युजिक भिडियो अमेरिकामा गरिएको हो ।

वाइल्ड मार्टिनको ‘जिन्दगी भरि’ ट्रेन्डिङको सातौं स्थानमा छ जसलाई र्‍याप शैलीमा कम्पोज गरिएको छ । मित्रता र जिन्दगीबारे बनाइएको यो गीत मर्मस्पर्शी देखिन्छ ।

सूर्य खड्का र निशा केसीको युगल गीत ‘बाटो भीरको’ ट्रेन्डिङको आठौं स्थानमा छ । यो मर्मस्पर्शी लोकधुन लोक भाका रुचाउने दर्शक तथा श्रोतालाई कर्णप्रिय लाग्न सक्छ । गीतको भिडियोमा स्मारिका ढकाल फिचर्ड छिन् ।

नवौं स्थानमा टि सिरिजको गीत ‘राँझा’, दशौं स्थानमा बलिउड फिल्म ‘हाउसफूल ५’को गीत ‘लालपरी’, एघारौंमा के–पप स्टार जे होपको गीत ‘किलिङ इट् गर्ल’ छ ।

विभिन्न जनरा, राष्ट्रिय र अन्तर्राष्ट्रिय विविधता ट्रेन्डिङ सूचीमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?