+
+
Shares

प्रिय साथीको निधनमा मनीषा : हृदयमा पञ्जाको छाप छाडेका छौ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनीषा कोइरालाले आफ्नो बिरालो ‘ओरियो कोइराला’ हराएको र भेटिएपछि खुशी व्यक्त गरेकी छन्।
  • उनीले घरपालुवा कुकुर ‘आवारा’ को मृत्युमा दुःख व्यक्त गर्दै अन्तिम बिदाई गरेकी छन्।
  • मनीषाले ‘आवारा’ को स्मृतिमा प्रेम र स्वतन्त्रता प्रति सम्मान व्यक्त गरेकी छन्।

काठमाडौं । अभिनेत्री मनीषा कोइराला कलाकारितामा जति उम्दा छिन्, उसैगरि प्राणी र प्रकृतिप्रति उनमा दयालु र करुणा भाव पनि छ ।

घरपालुवा जनावरप्रति उनको स्नेह कसैबाट लुकेको छैन । २०७८ सालमा उनले निकै माया गर्ने बिरालो ‘ओरियो कोइराला’ हरायो ।

ओरियो हराएपछि मनीषाले लेखेकी थिइन्, ‘हाम्रो परिवारका सदस्य श्री ओरियो कोइराला तीन रातदेखि बेपत्ता छ । हामीलाई विश्वास छ कि ऊ आफ्नो साथी खोज्न गएको हुन सक्छ र छिट्टै फर्किने छ । उक्त बिरालो देख्नुहुने जो कोहीले हामीलाई खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

केही दिनपछि बिरालो भेटिएपछि उनले खुसीमा पनि स्टाटस लेखिन् ।

यससँगै उनको घरमा लामो समयदेखि घरपालुवा कुकुर ‘आवारा’ पनि थियो । विहिबार कोइराला परिवारको यो स्नेही कुकुरले संसार छाड्यो । कुकुरको मृत्युमा दुःख व्यक्त गर्दै मनीषाले स्नेह र स्मृतिका क्षणलाई सेयर गरेकी छन् ।

‘आवारा’को फोटो सेयर गर्दैै उनले उसका पञ्जाले हृदयमा छाप छाडेको बताएकी छन् । मनीषाको स्टाटसमा रकस्टार अभया सुब्बाले पनि कमेन्ट गर्दै दुःख व्यक्त गरेकी छन् ।

मनीषाले ‘आवारा’को फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अन्तिम बिदाई, मेरो प्यारो आवारा । तिम्रो नामले भनेझैं… तिमी सधैं स्वतन्त्र आत्मा थियौ । मलाई त्यो बिहान अझै पनि याद छ, जब मैले तिमीलाई देखेको थिएँ–हिँड्ने बाटोको बीचमा, पेटमाथि, चारवटा पञ्जा हावामा, ब्रह्माण्डमा पूर्ण रूपमा आत्मसमर्पण गरेको । यति सुन्दर र यति भरोसाले भरिएको । जब मैले त्यस दिन तिमीलाई बिस्तारै घर पुर्‍याएँ, मैले तिम्रो आँखामा यो देखेँ… अनिच्छाको झिलिमिली । के तिम्रो बहुमूल्य स्वतन्त्रता खोसिनेछ ? मैले तिमीलाई फुसफुसाएको थिएँ, ‘म तिम्रो हेरचाह गर्नेछु, म सकेसम्म राम्रो ।’ मलाई थाहा छैन मैले त्यो वाचालाई साँच्चै न्याय गरें कि गरें तर मैले प्रयास गरें, मेरो माया, मैले साँच्चै प्रयास गरें । तिमीले मेरो हृदयमा सधैंको लागि पञ्जाको छाप छोडेका छौ । अब स्वतन्त्ररुपमा दौड आवारा, मेरो आवारा, जुन तिमीले गर्नैपथ्र्यो । तिमी सधैं मेरो साथमा रहनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?