
News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा युवतीले युवकलाई छुरा प्रहार गरी घाइते बनाएको घटना भएको छ।
- २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको छ।
- घाइते युवकलाई स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको छ।
५ असार, जनकपुरधाम।सिरहाको गोलबजारमा युवतीको छुरा प्रहारबाट युवक घाइते भएका छन् ।
गोलबजार नगरपालिका ४ मा डेरा गरी बस्ने वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका हुन् ।
गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तराकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
घाँटीमा छुरा प्रहारपछि घाइते युवकको उपचार स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ ।
प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4