+
+
Shares

प्रधानमन्त्रीको प्रश्नोत्तरमा पनि रास्वपाको अवरोध जारी रहने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते ११:५३

६ असार, काठमाडौं । प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध जारी रहने भएको छ ।

सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध जारी रहने जानकारी गराएको छ ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए ।

जवाफमा परियारले रास्वपाले विरोध जारी राख्ने बताए ।

शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने पहिलो नम्बरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?