
६ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको छ ।
बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेतबीच भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउने विषयमा छलफल भएको हो ।
स्रोतले अनलाइनखबरलाई जानकारी दिएअनुसार, छानबिन समितिको मोडालिटी, टिओआर र समितिका सदस्यहरू बारे छलफल केन्द्रित थियो ।
‘हिजो हामीले सामान्य छलफल गर्यौं, जतिसक्दो छिटो छानबिन समिति बनाएर अघि बढ्ने विषयमा सहमति भएको छ,’ एक नेताले भने, ‘आज पनि बसेर समितिबारे थप छलफल गर्ने कुरा भएको छ ।’
बैठकमा माओवादी नेताहरूले पूर्ववतः सहमति अनुसार जतिसक्दो छिटो संसद खोल्नुपर्ने बताएका थिए ।
जवाफमा कांग्रेस नेताहरूले सकरात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4