+
+
Shares

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

रासस रासस
२०८२ असार ७ गते १:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालयले खोटाङको सुनकोशीमा बाढीको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
  • सुनकोशी नदी चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा र बाढी आउने सम्भावना भएकाले सम्बन्धित स्थानीय तहलाई सूचित गरिएको हो।
  • गत वर्षको बाढीले सडक र स्थानीयवासीलाई क्षति पुर्‍याएको अनुभवले यस वर्ष पनि सतर्कता आवश्यक भएको बताइएको छ।

७ असार, खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

असार–७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो ।

सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार–६ गते सार्वजनिक सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले जारी गर्नुभएको सूचनाका बारेमा सम्बन्धित स्थानीय तहसमेतलाई जानकारी गराइएको प्रशासनले जनाएको छ । गत वर्षको असाज–१२ गते सुनकोशीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा सञ्चालित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौँ स्थानीयवासी विस्थापित भएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?