+
+
Shares

रास्वपा प्रशिक्षण विभाग प्रमुखमा आचार्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारको बैठकले विपिन आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनयन गरेको छ ।
  • बैठकले कविन्द्र बुर्लाकोटीलाई पार्टी महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गर्यो।
  • मनिष झालाई अभियान तथा प्रचारप्रसार विभागको जिम्मेवारी समेत दिइएको छ।

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अनिल केशरी शाहले राजीनामा दिएर रिक्त रहेको प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत भएका छन् ।

रास्वपाको शनिबारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । झालाई अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

यसैगरी  अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?