+
+
Shares

संसद्‍मा प्रधानमन्त्रीको खोजी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १२:४९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरे।
  • साहले प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको प्राथमिकता स्पष्ट नहुने बताए।
  • प्रधानमन्त्री ओली काठमाडौंमै रहेर बजेट छलफलमा सहभागी नभएको उनले आरोप लगाए।

८ असार, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

‘प्रधानमन्त्री भन्नुहुन्छ– म जनताप्रति उत्तरदायी नै छु । तर, आज प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेको छ प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ ।’

प्रधानमन्त्रीले संसद्‍लाई कति प्राथमिकता दिएका छन् भन्ने उनको अनुपस्थितिले देखाउने साहको टिप्पणी छ ।

काठमाडौंमै रहेर प्रधानमन्त्री ओली संसद्‍मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर उनले प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनैपर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्रीकै अनुपस्थिति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?