+
+
Shares

भारी वर्षाले विमानस्थल अगाडि रुख ढल्दा यातायात अवरुद्ध (तस्वीरहरु)

ढलेको रुखले मोटरसाइकल च्यापियो, चालकको पहिचान खुल्न बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ०:४०
Photo Credit : दीपक अधिकारी/अनलाइनखबर

९ असार, काठमाडौं । आइतबार बेलुकी परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवागमन अवरुद्ध भएको छ ।

बेलुकी साढे १० बजेतिर परेको अत्यधिक वर्षाले रुख ढल्दा विजुलीको तार चुँडाएर सडक अवरुद्ध पारेको हो ।

गौशालाबाट कोटेश्वर जाँदै गरेको मोटरसाइल ढलेको रुखमा च्यापिएको छ ।

यो समाचार तयार पार्दासम्म मोटरसाइकल चालकको पहिचान खुलिसकेको छैन ।

भर्खरै सशस्त्र प्रहरीको उद्दार टोलीले रुख र तथा काटेर सडक खुलाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?