+
+
Shares

कोशीले झुर बजेट ल्यायो : पूर्वमुख्यमन्त्री राई

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारले झुर (बेकामको, रद्दी) बजेट ल्याएको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेशको बजेटलाई झुर र इतिहासकै सबैभन्दा खराब टिप्पणी गरे।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटको असन्तुलन र योजनाको आलोचना गरे।
  • राईले बजेटको असमानता र मन्त्रालयहरूको कार्यक्षेत्र नचिन्ने समस्या औंल्याए।

९ असार, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारले झुर (बेकामको, रद्दी) बजेट ल्याएको टिप्पणी गरेका छन् । संसद्‍मा बजेटमाथि छलफलको क्रममा सोमबार उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘समग्रताको मूल्यांकनको आधारमा यो झुर बजेट हो, यो इतिहासमा कहिल्यै आएको थिएन,अब पनि आउन सक्दैन,’ उनले भने,‘आउन सक्छ कसरी भने उहाँहहरू नै फेरि ल्याउँदा यो भन्दा झुर ल्याउन सक्नु हुन्छ, तर अरूले यस्तो ल्याउन सक्दैन ।’

पूर्वमख्यमन्त्री राईले प्रदेशको बजेटलाई बेकामे भन्दा मुख्यमन्त्री हिक्मतकुमार कार्की सदनमै थिए ।

एमाले विद्यार्थी संगठन अखिलको राजनीति सँगै गरेका सहकर्मीले बजेटमाथि आलोचना गर्दा मुख्यमन्त्री कार्कीले मुख अँध्यारो बनाएका थिए ।

उनले प्रदेशमा १० वटा प्रहरी भवन बनाउने मध्ये खोटाङमा ६ र झापामा ४ वटा योजना राखिएको बताए । अन्य क्षेत्रको प्रहरी भवनका लागि बजेट नराखेको बताए ।

‘एकदमै असन्तुलन देखियो, १० वटा दुई वटामा मात्रै बाढ्ने त, यो त उदारण मात्रै हो,’ उनले भने,‘… यो असन्तुलनको एउटा नमुना हो, गैर जिम्मेवारी पन र केटाकेटी पनको पनि नमुना हो ।’

उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको बजेट भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईको जिल्लामा १ अर्ब र मुख्यमन्त्रीको जिल्लामा डेढ अर्बको बजेट गएको बताए । उनले अहिलेको जस्तो बजेटको असन्तुलन पहिले कहिल्यै नभएको बताए ।

पुरानो चलन अनुसार धेरै खाए खति हुन्छ है,’ उनले भने,‘.. अजिङ्गरले सबै सासले सोरेर तान्छ, त्यसैले मृत्यु पनि हुन्छ भन्छन् ।’

उनले मन्त्रीले आफ्नो कार्यक्षेत्र नचिनेको बताए । ‘कानुनमन्त्रीले आफ्नो कार्यक्षेत्र चिनेनन्, सडक बनाउने योजना तीन वटा हाल्नु भएको छ, पुल बनाउने एउटा योजना छ,’ उनले भने,‘ कार्य विभाजनमा यस्तै छ ? ’ उनले नियमावलीले यसरी बजेट छुट्याउन नदिने बताए । मन्त्रालयहरूले आफ्नो कार्यक्षेत्र बाहिर गएर बजेट खर्च गरेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?