
News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको थबाङ गाउँपालिकाका वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधनपछि गाउँपालिकाले शोक बिदा दिएको छ।
- उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित थिए र उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भए।
- गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए।
१० असार, दाङ । रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो ।
वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए ।
उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । पार्टी उनी सागर उपनामले चिनिन्थे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4