
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको हो।
- नेपालले अदालतमा उपस्थित हुन निवेदन दर्ता गराएका थिए र बयान दिने तयारीमा छन्।
- बुधबार सुरु हुने बयान छिटोछरितो रूपमा टुंग्याउने योजना छ र बयानपछि बहस हुनेछ।
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।
इजलास २ मा विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दा परेको हो ।
पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा नेपाल केहीबेरअघि विशेष अदालतमा उपस्थित भएका छन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।
‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ नेपालका कानुन व्यवसायीले भने, ‘त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ । अनि उहाँले बयान गर्नुहुन्छ ।’
बुधबार सुरु हुने बयान छिटोछरितो रूपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया 4