+
+
Shares

इरानी राष्ट्रपतिले भने- १२ दिने युद्ध सकियो, अब पुनर्निर्माणमा लागौं

अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको उनले जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी राष्ट्रपति मसूद पेजेस्कियनले १२ दिने युद्धको अन्त्य घोषणा गरी पुनर्निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गरे।
  • अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको उनले जिकिर गरे ।

११ असार, तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकाय लगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गरेका छन् ।

पेजेस्कियनले युद्धविराम लागु भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, ‘आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्धविराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ ।’

इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्नुका साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनले जिकिर गरेका छन् ।

यसैगरी, इजरायल र यसका सहयोगीहरूले कब्जा गरिएका क्षेत्रहरूमा महत्वपूर्ण सुविधाहरू र केन्द्रहरूको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएको बताए ।

मङ्गलबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका छन् ।

अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको उनले जिकिर गरे । उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउने आधार उनीहरूको विकासको गति बढाउनु रहेको उल्लेख गरे ।

यही जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलसहित इरानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण गर्दा वरिष्ठ कमान्डर, आणविक वैज्ञानिक र नागरिकहरूको मृत्यु भएको छ । इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरी जवाफी हमला गर्दा कैयौँ हताहत र भारी क्षति पुगेको जनाइएको छ ।

शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविकस्थलहरू फोर्डो, नटान्ज र इस्फहानमा बम प्रहार गरेको थियो यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ ।

इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको युद्धविराम मङ्गलबारदेखि सुरु हुने घोषणा गरेका थिए । यसलाई इरान र इजरायल दुवैले स्वीकार गरेका छन् । घोषणासँगै यस क्षेत्रमा युद्धविराम सुरु भएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?