+
+
Shares

ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
  • सडकमा खसेको ढुंगा हटाउन बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो।
  • उक्त स्थानमा ढुंगा झार्न र पन्छाउन लङ बुम एक्साभेटर प्रयोग गरिएको थियो।

१२ असार, चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो ।

कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने र पन्छाउने काम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?