+
+
Shares

गुल्मीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ७:०३

१३ असार, गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीनजना बिरामी भएका छन् । बिरामी हुनेमा ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेको प्रहरीले जनाएको छ ।

च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता हुने र पेट दुख्ने समस्या देखिएको थियो । उनीहरुलाई उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।

चिकित्सकको भनाइ उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनीहरुको अवस्था मध्यम छ ।

गुल्मी प्रहरीले जंगलमा पाइने कतिपय च्याउ विषालु हुने भएकाले विशेष ध्यान पुर्‍याउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?