+
+
Shares

इरानी आणविक केन्द्रमा क्षति भएको छैन भन्दा ट्रम्प रुष्ट  

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते ८:४६

१४ असार, काठमाडौं । इजरायलसँगको संघर्षमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानले जीत हासिल गरेको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।

ट्रम्पले खामेनीले इरानले जितेको भनेर झूट बोलेको जिकिर गरेका छन् । उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘आयतुल्लाह अली खामेनीले इजरायलसँगको युद्ध जितेको भनेर मूर्खतापूर्वक अभिव्यक्ति किन दिइरहेका छन् ? उनलाई थाहा छ, यो उनको झूटो बयान हो। झूट बोल्न हुँदैन।’

ट्रम्पले थपेका छन्, ‘उनको देश (इरान) तहसनहस भएको छ। उनका तीनवटा परमाणु केन्द्र नष्ट भइसकेका छन्। मलाई थाहा थियो, ती कहाँ लुकेका थिए। म इजरायल वा अमेरिकी सशस्त्र बलहरूलाई उनको जीवन समाप्त गर्न दिँदिनँ।’

आफूले खामेनीको जीवनरक्षा गरेको जिकिर गर्दै ट्रम्पले लेखेका छन्, ‘मैले उनलाई अत्यन्त अपमानजनक मृत्युबाट बचाएँ। उनले राष्ट्रपति ट्रम्प, धन्यवाद भन्नु जरूरी थिएन !’

ट्रम्पले इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउने सम्भावनामा काम गरिरहेको बेला इरानतर्फबाट आएका पछिल्ला अभिव्यक्तिहरूपछि उक्त काम रोक्नुपरेको तर्क गरेका छन् ।

त्यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिमाथि प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, ‘यदि अमेरिका साँच्चै इरानसँग कुनै सहमति गर्न चाहन्छ भने, राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीप्रति प्रयोग गरिएको अपमानजनक र अस्वीकार्य भाषा परित्याग गर्नुपर्छ।’

अराघचीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘एउटा राष्ट्रको हैसियतले हाम्रो मूल दर्शन सरल र स्पष्ट छ हामी आफ्नो मूल्य जान्दछौं। हामी आफ्नो स्वतन्त्रतालाई सम्मान गर्छौं र कहिल्यै कसैलाई हाम्रो भविष्य निर्धारण गर्न दिन्नौं ।’

गत बिहीबार इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले आफ्ना एक भाषणमा भनेका थिए, ‘इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेर अमेरिकाले केही गर्न सकेको छैन।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?