+
+
Shares

‘फेस अफ एसवाई’ प्रतियोगिता घोषणा

टाइटल विजेतालाई ५ लाख नगद र करोडौंको कर्न्ट्याक्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसवाई इन्टरटेन्टमेन्टले ‘फेस अफ एसवाई (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिता आयोजना गरेको छ।
  • प्रतियोगिता जुन १, २०२५ देखि जनवरी ३१, २०२६ सम्म सञ्चालन हुनेछ।
  • प्रथम चरणमा डिजिटल अडिसन र सामाजिक सञ्जाल प्रभाव मूल्याङ्कन हुनेछ।

१४ असार, काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिले ‘फेस अफ एसवाई (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिता घोषणा गरेको छ ।

कम्पनीको ब्रान्ड एम्बेसडर चयन गर्न लागिएको प्रतियोगिता आगामी जुन १, २०२५ देखि जनवरी ३१, २०२६ सम्म चरणबद्ध रुपमा सञ्चालन हुने बताइएको छ ।

यस प्रतियोगिताबाट महिला र पुरुष दुवै समावेश गरी मुख्य तीन जना ब्रान्ड एम्बेसडरहरू छनोट गरिनेछन् ।

पहिलो चरण जुन १, २०२५ देखि सेप्टेम्बर ३० सम्म डिजिटल अडिसनको रूपमा सञ्चालन हुनेछ । सहभागीहरूले एसवाई कम्पनीसँग सम्बन्धित कुनै पनि विषयमा क्रियटिभ भिडियो बनाइ आफूले प्रयोग गर्ने सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्नेछ। पोष्ट गर्दा ‘Faceofsy’ ह्यासट्याग र कम्पनीका आधिकारिक पेजहरू ट्याग गर्नुपर्नेछ ।

प्रतियोगिताको पहिलो चरणबाट ५०० जनालाई छनोट गरिनेछ, जसले २ हजार रुपैयाँ बराबरको एसवाई बजारको भौचर प्राप्त गर्नेछन् । दोस्रो चरणमा पुग्ने १५० जनामध्ये ५० जनाले १० हजार रुपैयाँको भौचर प्राप्त गर्नेछन् ।

दोस्रो चरणपछि उत्कृष्ट २५ जनालाई काठमाडौंमा हुने फाइनल अडिसनमा सहभागी गराइनेछ । फाइनलमा शीर्ष तीन विजेता घोषित गरिने छन्। टाइटल विजेताले पाँच लाख रुपैयाँ नगदसहित एक करोड रुपैयाँ बराबरको एकवर्षे कर्न्ट्याक्ट प्राप्त गर्ने छन् ।

फर्स्ट रनरअपले चार लाख नगद र ५० लाखको कर्न्ट्याक्ट तथा सेकेण्ड रनरअपले तीन लाख नगद र ३० लाखको कर्न्ट्याक्ट प्राप्त गर्नेछन् ।

त्यस्तै, बाँकी सात उत्कृष्ट प्रतिस्पर्धीलाई लोकप्रियता पुरस्कारस्वरूप जनही १ लाख ५० हजार रुपैयाँ दिइनेछ ।

मूल्यांकनको आधार पहिलो चरणमा लाइक १०%, कमेन्ट २०%, सेयर २०% र क्रियटिभिटी ५०% हुनेछ । दोस्रो चरणमा पनि डिजिटल अडिसन हुने भएपनि जूरीको ५०% अंक समावेश हुनेछ भने फाइनल चरणमा सामाजिक सञ्जालको प्रभाव ३०% र निर्णायकको ७०% अङ्क दिइनेछ ।

कम्पनीले जुनसुकै उमेरका महिला र पुरुष सहभागी हुन सक्ने जनाएको छ । सहभागीले एसवाईका सामाजिक सञ्जाल पेजहरू फलो गरी भिडियो पोष्ट गरेर गुगल फारममार्फत रजिस्ट्रेशन गर्नुपर्नेछ ।

एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय कम्पनी हो । यसअन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज र एसवाई इन्टरटेन्टमेन्टलगायत कम्पनीहरू नेपालमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?