+
+
Shares

रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १५:५५

१४ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् ।

रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।

रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईले शनिबार पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् ।

यसअघि गत २१ मंसिरमा पनि भट्टराईले हिरासत पुगेर लामिछानेसँग भेटवार्ता गरेका थिए ।

त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दु:ख दिने काम भइरहेको बताएका थिए ।

साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?