+
+
Shares

एमाले एकजुट छ, आज कुनै बम पड्कनेवाला छैन : ओली

प्रधानमन्त्री ओलीले भने, ‘कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १६:०३

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमाले फुटाउन खोज्नेहरू भ्रममा नपर्न आग्रह गरेका छन् ।

मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यकमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रम भाँड्नका लागि आज वृक्षारोपण कार्यक्रम राखिएको भन्दै केही मिडियाले भ्रम फैलाएकोमा उनको आपत्ति थियो ।
‘आज मदन भण्डारी ७४ औं जन्मजयन्ती पनि हो । राष्ट्रिय वृक्षारोपण पनि हो । देश त्यसमा लागेको छ । कुन चाहिँ अनलाइन हो कुन्नी थाहा छैन, यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखियो भनेर भन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले आज असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर धेरै आशा गरेको बसेको पनि उल्लेख गरे ।

‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’

उनले एमालेमा आफू र विद्या भण्डारी आउने कार्यक्रम केही गरि पनि नभाँडिने बताए ।

‘अनि अहिले साथिहरू बस्ने ठाउँ नपुगेर यस्तो छ । यो कार्यक्रम के भाडिनु ? नेकपा एमाले जहाँ छ, नेकपा एमालेसँग निकट रहेका संगठन जहाँ छन्, त्यहाँ भाँडिन्छ ? म आउने र विद्या भण्डारी जी आउने कार्यक्रम कसरी भाँडिन्छ ?,’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?