
News Summary
Generated by OK AI. Editorially reviewed.- असार १८ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने ‘शार्क ट्यांक नेपाल’को प्रवर्धनका लागि ‘शार्क ट्यांक इण्डिया’का सहसंस्थापक अमन गुप्ता नेपाल आउने भएका छन्।
- गुप्ताले काठमाण्डौमा आयोजित कार्यक्रममा सहभागी भएर शार्कको रुपमा आफ्नो अनुभव सुनाउने र नेपाली शार्कसँग अन्तरक्रिया गर्नेछन्।
- पहिलो सिजनमा १ सय १० कम्पनीले आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर पाएका छन्, जसमा विभिन्न नेपाली उद्योगी व्यवसायीले भाग लिएका छन्।
काठमाडौं । असार १८ गतेदेखि हिमालय टिभीमा प्रसारण तयारीमा रहेको बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को प्रवर्धनको लागि ‘शार्क ट्यांक इण्डिया’का शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ता नेपाल आउने भएका छन् ।
मंगलबार काठमाण्डौ आइपुग्ने उनले दिउँसो काठमाण्डौमा आयोजित ‘शार्क ट्यांक नेपाल’को प्रिमियर एवं भेटघाट कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागिता जनाउने छन् ।
सो अवसरमा ‘शार्क ट्यांक नेपाल’को पहिलो एपिपोडको ग्राण्ड प्रिमियर हुने छ । सो अवसरमा गुप्ताले शार्कका रुपमा आफ्ना अनुभव सुनाउनुका साथै नेपाली शार्कसँग अन्तरक्रियासमेत गर्ने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।
कार्यक्रममा छानिएका केही नेपाली उद्योगी व्यवसायीले शार्क गुप्तासँग भेटघाट र छलफलको अवसरसमेत पाउनेछन् । विश्वका करिव ५६ देशमा प्रसारण भइरहेको बिजनेस रियालिटीको यो नेपाली संस्करणको पहिलो सिजन असार १८ गतेदेखि बुधबार र बिहीबार राती ९ बजे हिमालय टेलिभिजनमा हुने छ ।
यो शोलाई हिमालय टेलिभिजनको उत्पादन र प्रसारण गर्ने छ । पहिलो सिजनमा शार्कका रुपमा आईएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नी समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, पद्म ज्योती ग्रुपका अध्यक्ष शौरभ ज्योति, बैद्य अर्गनाइजेसनकी प्रबन्ध निर्देशक ऋतुसिंह बैद्य र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया शार्कका रुपमा अनुवन्ध छन् ।
शार्क ट्यांकको पहिलो सिजनमा झण्डै एक हजार पाँच सय बढि उद्यमीले आवेदन गरेकोमा दुई चरणको छनौट प्रक्रिया पार गर्दै १ सय १० वटा कम्पनीले शार्कका अगाडी आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर पाएका छन् ।
प्रतिक्रिया 4